नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको आयोजना र स्कूल विभागको व्यवस्थापनमा नेतृत्व विकास सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रम २०८१ साउन २० र २१ गते कर्मचारी संघका १०० जना सदस्यहरुका बीच सम्पन्न भयो । प्रशिक्षण कार्यक्रममा कर्मचारी संघ कन्द्रीय समिति सदस्य श्री गोमा धितालले स्वागत मन्तव्य दिनुभएको थियो । मूख्य प्रशिक्षकको रुपमा नेकपा एमाले केन्द्रीय समिति महासचिव श्री शंकर पोखरेलज्यू सहभागी उक्त कार्यक्रमको पहिलो दिनमा प्रशिक्षक तथा पेशागत महासंघका पूर्व महासचिव श्री शिव अधिकारीज्यूले ट्रेड युनियन तथा श्रमसम्बन्धी कानुनहरु सम्बन्धमा, कर्मचारी संघ केन्द्रीय समितिका पूर्व अध्यक्ष श्री बसन्तराज पाण्डेज्यूले नेपाल राष्ट्र बैंक कर्मचारी संघको ऐतिहासिक पृष्ठभुमीका सम्बन्धमा र श्री दिपाङकर शेर्पाज्यूले व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । दोश्रो दिनमा केन्द्रीय महासचिव श्री कृष्ण प्रसाद खरालज्यूले संघको सचिवालय व्यवस्थापन र केन्द्रीय कोषाध्यक्ष श्री डिल्ली कुमार थापाज्यूले संघको कोष व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो भने नेकपा एमालेका महासचिव श्री शंकर पोखरेलज्यूले जबजका सिद्धान्त र सोको सान्दर्भिकताका सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो । केन्द्रीय समिति अध्यक्ष श्री गीता पोखरेल लम्सालज्यूले निर्देशनात्मक मन्तव्य दिनुभएको उक्त कार्यक्रमको समापन मन्तव्य स्कूल विभाग संयोजक श्री डिल्लीराज आचार्यले राख्नुभएको थियो । कार्यक्रमको संचालन स्कूल विभाग सचिव श्री सरोज खनालज्यूले गर्नुभएको थियो ।
नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
