नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिको आयोजनामा कृषि विकास बैंक लिमिटेडको लेटाङस्थित तालिम केन्द्रमा नेतृत्व विकास सम्बन्धी तालिम कार्यशाला सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षता तथा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष रुद्र प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कर्मचारी संघका सदस्यहरुको सहभागिता रहेको थियो ।
पूर्वाञ्चल विश्वविद्यालयका सह–प्राध्यापक डा. सन्देश दास श्रेष्ठले “सफलता तत्व: नेतृत्व एवम् व्यक्तित्व” र नेपाल राष्ट्र कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष रुद्र प्रसाद तिम्सिनाले “नेपाल राष्ट्र बैंक कर्मचारी संघको ऐतिहासिक पृष्ठभूमि, भूमिका तथा आगामी जिम्मेवारीहरु र भाइचारा तथा छाता संगठनहरुसँगको सम्बन्ध” विषयमा सहभागीहरुलाई तालिम/प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
समाचार: https://arthasanjal.com/28278?fbclid=IwAR1ctT11cQ_6JnT1vEK_dCfhPyCLy2e0ahFB6YS-jPJToLRypCEv9s02KNE