नेपाल राष्ट्र बैंक कर्मचारी संघ थापाथली समिति र बालुवाटार समितिको नवौं अधिवेशनको संयुक्त उद्घाटन सत्र कार्यक्रम मिति २०७९ चैत्र १० गते प्रमुख अतिथि बैंकका बरिष्ठ डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाज्यूको प्रमुख आतिथ्यमा बैकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका का. वा. अध्यक्ष श्री शंकर प्रसाद भट्टराई, का. वा. महासचिव श्री गिता पोख्रेल लम्साल, सचिव श्री कृष्ण प्रसाद खराल, कोषाध्यक्ष श्री डिल्लीराज आचार्य, सह कोषाध्यक्ष श्री शारदा लोहनी, केन्द्रीय समितिका निवर्तमान अध्यक्ष श्री रुद्र प्रसाद तिम्सिना, थापाथली समितिका निवर्तमान अध्यक्ष श्री रमेश सुवेदी, बालुवाटार समितिका निवर्तमान अध्यक्ष डा. महेश चौलागाईज्यू लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
सोहि दिन सम्पन्न थापाथली समितिको बन्द सत्रमा निम्नानुसार ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको थियो ।
अध्यक्षः श्री वेदनिधि सापकोटा (बि.एन.)
उपाध्यक्षः श्री लुमणी खनाल
सचिवः श्री गणेशमान शाक्य
सह–सचिवः श्री गोमा धिताल
कोषाध्यक्षः श्री सुमन राई
सदस्यहरु
श्री शिवशंकर प्रसाद शाह
श्री उर्मिला खनाल ढकाल
श्री सरोज कन्दङवा
श्री रामसेवक मण्डल
श्री सोराज डङ्गोल
श्री सारुख तिम्सिना
त्यसैगरी उक्त दिनमा केन्द्रीय महाधिवेसनका लागि १२ जना महाधिवेशन प्रतिनिधिहरु समेत सर्वसम्मत चयन भएको थियो ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघले बैंकका कर्मचारीहरुको साझा हक हीतका सवालमा गोलवन्द भई आपसी सहयोग र सद्भावना बढाउने, बैकको उन्नती र लक्ष्य प्राप्त हुने कार्यमा सबैलाई निरन्तर उन्मुख गराई आफ्नो अधिकार र कर्तव्य पालनप्रति सचेत गराउने, आवश्यक प्रशिक्षणहरु प्रदान गर्ने, कर्मचारीहरुका बीचमा एकता, प्रतिबद्धता,मनोबल तथा अनुशासनको अभिबृद्धि गर्ने गराउने, कर्मचारीहरुको जीवनस्तर बृद्धि तथा सेवाको सुरक्षातर्फ विशेष ध्यान पुर्याउने, बैंक व्यवथापनलाई संस्थाको उद्देश्य, नीति नियम परिपूर्ति र प्रभावकारीरुपले पालन गर्न गराउन प्रयत्नशील रहने, सामुहिक सौदाबाजी गर्ने, संस्था सुधार, सम्पत्तिको उचित व्यवस्थापन गर्ने कार्यमा सहयोग पुर्याउँदै आएको छ ।