नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको नवौं अधिवेशन सम्पन्न

नेपाल राष्ट्र बैंक कर्मचारी संघ थापथली समिति र बालुवाटार समितिको नवौं अधिवेशनको सयुक्त उदघाटन समारोह नेपाल राष्ट्र बैंकका श्रीमान् बरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाज्यूको प्रमुख अतिथ्यतामा मिति २०७९ चैत्र १० गते बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा सम्पन्न भएको छ।

साथै,  मिति २०७९ चैत्र ११ गते शनिबार नेपाल राष्ट्र बैंक बालुवाटारको प्राङ्गणमा सम्पन्न बालुवाटार समितिको नवौं अधिवेशनको बन्दसत्रले तपशील बमोजिम कार्य समिति तथा महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मतरूपमा निर्वाचित गरेको छ।
कार्यसमिति
अध्यक्ष : श्री प्रकाश पोखरेल
उपाध्यक्ष : श्री ऋषिराम कोईराला
सचिव : श्री रोलेन्द्र विक्रम जवेगु
सह सचिव : श्री संगिता पुडासैनी
कोषध्यक्ष: श्री माधव प्रसाद खनाल

सदस्यहरु

श्री देवेन्द्र गहतराज
श्री पुनम कुमारी कटवाल
श्री ऋषिबाबु चापागाई
श्री संझना घिमिरे
श्री राजकुमार बस्नेत
श्री लक्ष्मण खतिवडा

कर्मचारी एकता अमर रहोस् ।