संघको नवौं केन्द्रीय परिषद सम्पन्न

मिति २०८१ साउन १८ गते शुक्रबार, नेपाल राष्ट्र बैंक कर्मचारी संघको नवौ केन्द्रीय परिषद बैठकको उद्घाटन सत्र नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय वालुवाटारको प्राङ्गणमा केन्द्रीय समितिका पदाधिकारी, कार्यालयगत समितिका प्रतिनिधीका साथै केन्द्रीय कार्यालयमा उपलब्ध कर्मचारीवर्गको बृहद् उपस्थितिमा भव्यताका साथ सम्पन्न भयो । केन्द्रीय समिति अध्यक्ष श्री गीता पोख्रेल लम्सालज्यूको अध्यक्षतामा, नेकपा एमाले केन्द्रीय समिति उपाध्यक्ष, नेपाल सरकारका पूर्व अर्थमन्त्री श्री सुरेन्द्र प्रसाद पाण्डेज्यूको प्रमूख आतिथ्यता तथा नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकरीज्यूको विशिष्ठ आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री बम बहादुर मिश्रज्यू, पेशागत महासंघ नेपालका राष्ट्रिय समिति अध्यक्ष श्री पुण्य प्रसाद ढकालज्यू, बैंक, बीमा तथा वीत्तिय संस्था कर्मचारी संघ (बिफू) नेपालका अध्यक्ष श्री धर्मराज मैनालीज्यू, कर्मचारी संघका पूर्व केन्द्रीय अध्यक्षज्यूहरू, कृषि विकास बैंक कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल वित्तीय संस्था कर्मचारी संघ (नेपाल राष्ट्र बैंक), नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेपाल राष्ट्र बैंक) केन्द्रीय समिति अध्यक्षज्यूहरुको आतिथ्यता सहितको कार्यक्रममा केन्द्रीय समितिका उपाध्यक्ष श्री रामहरि घिमिरेज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो । संघको नवौं परिषद सफलताको शुभकामना दिदै प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अतिथिज्यूहरुले मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा केन्द्रीय समितिका महासचिव श्री कृष्ण प्रसाद खरालज्यूले संघको आधिकारिक धारणा सहितको मन्तव्य तथा अध्यक्ष श्री गीता पोख्रेल लम्सालज्यूले समापन मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन केन्द्रीय समितिका सचिव श्री डिल्लीराज आचार्यज्यूले गर्नुभएको थियो ।

मिति २०८१ साउन १९ गते शनिवार यस संघको नवौं केन्द्रीय परिषद बैठकको बन्द सत्र धुलिखेल लज रिसोर्ट, काभ्रेपलाञ्चोकमा विराटनगरदेखि धनगढीसम्मका पार्षद् तथा पर्यवेक्षकहरु गरी जम्मा १०० जनाको उपस्थितिमा भव्यताका साथ सम्पन्न भयो । केन्द्रीय समिति अध्यक्ष श्री गीता पोख्रेल लम्सालज्यूको अध्यक्षतामा रहेको कार्यक्रममा केन्द्रीय समिति महासचिव श्री कृष्ण प्रसाद खरालज्यूले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने केन्द्रीय समिति कोषाध्यक्ष श्री डिल्ली कुमार थापाज्यूले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन उपर बृहद् छलफल पश्चात् सर्वसम्मतरुपमा प्रतिवेदनहरु पारित गरीयो । बन्द सत्रले संघको विधान २०५१ लाई समयानुकुल बनाउन केहि प्रावधानहरुलाई संशोधनसमेत गरेको थियो । बन्द सत्रमा कार्यालयगत समितिका अध्यक्षज्यूहरुका साथै अन्य सहभागीहरुले राख्नु भएको जिज्ञासा उपर महासचिवज्यू तथा अध्यक्षज्यूले सम्बोधन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रमको संचालन केन्द्रीय समितिका सचिव श्री बिनोद बजगाईज्यूले गर्नुभएको थियो ।