नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको मिति २०७९/०८/२६ गते बसेको ११ औं बैठकले संघको केन्द्रीय कार्यसमितिको पुनर्गठन गरेको छ।
संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिना, उपाध्यक्षद्वय पदमराज जोशी र उमाकान्त थपलिया, सचिवालय सदस्य गोविन्द प्रसाद भण्भडारी र केन्द्रीय सदस्य मेघप्रसाद लामिछानेको उप निर्देशक पदमा बढुवा भएकोले नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ (तेस्रो संशोधन २०७४ समेत) को विनियम १३५ को उपविनियम (२) को व्यवस्था बमोजिम संघको कार्यसमितिमा रहन नपाउने व्यवस्था अनूरुप उहाँहरुको संघबाट बिदाई गरिएपपछि रिक्त रहेको अध्यक्ष पदमा तत्कालीन महासचिव शंकर प्रसाद भट्टराईलाई कार्यवाहक अध्यक्ष र सचिव गीता पोख्रेल लम्साललाई कार्यवाहक महासचिवको जिम्मेवारी प्रदान गरेको छ बैठकले विभिन्न पदहरुमा बढुवा हूनूहूने सम्पुर्ण अधिकृत तथा कर्मचारीहरुलाई हार्दिक बधाई एवं सफल कार्यकालको शूभकामना व्यक्त गर्ने निर्णय गरेको छ।
पुनर्गठन केन्द्रीय कार्यसमिति निम्नानुसार रहेको छ ।
कार्यबाहक अध्यक्षः श्री शंकर प्रसाद भट्टराई
कार्यबाहक महासचिवः श्री गीता पोख्रेल लम्साल
सचिवः श्री कृष्ण प्रसाद खराल
कोषध्यक्षः श्री डिल्ल्लीराज आचार्य
सह कोषाध्यक्षः श्री शारदा लोहनी
सदस्यहरुः श्री तुलसीराम बानीया
श्री रामहरि घिमिरे
श्री भाष्करमान श्रेष्ठ
श्री मंजुकुमारी न्यौपाने
श्री बाशु रिजाल
श्री प्रकाश श्रेष्ठ
श्री स्मृती बराल
श्री विमल के.सी.
श्री विनोद बजगाईं
श्री रमेश महर्जन
श्री निरज दाहाल
श्री रोजि थापा मगर
श्री रमेश खतिवडा
श्री चुडामणि पोखरेल (पदेन)
श्री डिल्लीकुमार थापा (पदेन)